आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्ता गठबन्धन बैठक

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 457
    SHARES

२२ चैत, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ । वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

स्थानीय तहको निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने मोडालिटीका बारेमा छलफल गर्नका लागि सो बैठक बसेको हो । यसअघि दलहरुले आन्तरिक रुपमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् ।

अब भने समग्रमा कसरी जाने भन्नेबारे मापदण्ड तय गर्नका लागि बैठक बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि पहिलो पटक गठबन्धनको बैठक बसेको हो ।

आजको बैठकमा तालमेलको मोडालिटी टुंग्याउने गरी छलफल हुने बताइएको छ । गत १७ गते बसेको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }