आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

देउवा काँग्रेस सभापतिको हैसियतमा विजेपीको मुख्यालयमा जानु भएको हो : परराष्ट्रमन्त्री खड्का


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २०, २०७८
  • 435
    SHARES

काठमाडौं, २० चैत।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा जानु भएको स्पष्ट पार्नु भएको छ ।

प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुग्नु भएको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा उहाँले सो भ्रमण गर्नु भएको स्पष्टिकरण दिनु भएको हो ।

आईतबार साँझ प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले काँग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने पनि बताउनु भयो । परराष्ट्रमन्त्री खड्काले भन्नु भयो, ‘यो कूटनीतिक मर्यादा विपरित भन्ने धारणा ठिक होइन ।

नेपाली काँग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली काँग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैैंत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली काँग्रेसको राम्रो सम्बन्ध छ । त्यस्तै गरेर भारतको काँग्रेस पार्टीसँग पनि छ । र, अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन । उहाँ नेपाली काँग्रेसको सभापति भएको नाताले पार्टी पार्टीबीचको सम्बन्धलाई विस्तार गर्नका लागि, सम्बन्ध कायम गर्नका लागि उहाँ विजेपी पार्टीको मुख्य कार्यालयम जानु भएको हो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }