आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वदेश फिर्ता


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २०, २०७८
  • 456
    SHARES

काठमाडौं, २० चैत।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्कनु भएको हो । उहाँलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उहाँलाई सलामी अर्पण गरेको थियो ।

गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु भएको थियो । भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नु भएको थियो । त्यसै क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्ष मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गर्नु भएको थियो । प्रधानमन्त्री देउवा आज बिहान धार्मिक नगरी वाराणसी पुग्नु भएको थियो ।

त्यस अवसरमा उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु भएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गर्नु भएको थियो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }