शनिबार, भदौ २२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसद्वारा घरदैलो कार्यक्रमलाई तिव्रता ( फोटो फिचर )


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २०, २०७८
  • 745
    SHARES

रसुवा, २० चैत्र।  आगामी बैशाखमा सम्पन्नहुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि नेपाली कांग्रेस रसुवाले घरदैलो अभियानलाई तिव्रता दिएको छ।

आफ्नो दलले गरेको जनहितकारि कार्य र भावी रणनीतिका बारेमा जनता सामु शुसुचित गराउन नेपाली कांग्रेस रसुवाले घरदैलो अभियानलाई तिव्रता दिएको सो दलले जनाएको छ।


जिल्ला पार्टी सभापति पेम्वाछिरिङ तामाङका अनुसार रसुवा जिल्लाको पाँच गाउँपालिका अन्तरगत २७ वटै वडाका बस्तिहरूमा आफ्ना दलले गर्ने कामको स्पष्ट खाका सहित नेता तथा कार्यकर्ताहरू घरदैलोमा पुगेर मतदाता सामु भेटघाट कार्यलाई तिव्रता दिएका हुन।
जनताको सुझावलाइनै आत्मसाथ गरि अगाडि बढ्ने दल भएकाले विगतका कामको कमिकमजोरी एवं थप सुधारका लागि सुझाव समेत लिइरहेको जनाइएको छ।

चुनावी अभियान अन्तरगत घर घरमा जाओै कांग्रेस जिताओै भन्ने नाराका साथ निर्वाचनको अभियानमा नेपाली कांग्रेसका शुभचिन्तक , शुभेच्छुक एवं नेताहरूले मतदातालाई दलको धारण शुसोचित गराउने कार्यअगाडि बढिरहेको छ ।

पार्टी केन्द्रिय सदस्य रमा कोईराला पौडेलद्वारा याहाँका पार्टी पंङ्तीलाई केन्द्रीय स्तरको प्रशिक्षण समेत प्रदान भईसकेकाले घरदैलो कार्य अन्तरगत मतदाता सामु आफ्ना दलले गर्ने काम मतदाता सामु प्रस्टपार्न सहज भएको र बोलेका कुरा पूरा गरेर छोड्ने सभापति तामाङले बताउनु भयो ।

आफुलेअह्रोरात्र गरेका जनहितकारी कामका बारेमा जिल्लाबासीले राम्रो मुल्याङ्न गर्न थालिसकेका कारण विगतको भन्दा अहिलेको निर्वाचनमा नेपाली कांग्रेस प्रतिको जनलहर बढि रहेकोले आगामी निर्वाचनको नतिजा कांग्रेसको पक्षमा हुने रसुवाबाट प्रतिनिधित्व गर्ने संसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईन्जिनियर मोहन आचार्यले दावी गर्नु भएको छ।

सम्बृद्व रसुवा निर्माणका लागि जिल्ला भित्रका प्रत्येक गाउँटोलमा यातायातको पौच पु(याई कालो पत्रे गराउने, गुणस्तरिय शिक्षा, सुद्वध खानेपानी व्यवस्थापन, स्थानीय स्तरमै उपचार सेवा , सिचाई , ग्रामिण सडकमा पक्की पुल, रोजगार , कृषि , पशुपालन जस्ता समग्र विकास अगाडि बढाउन प्रथमिकताका साथ आफु अगाडि बढिरहेको केन्द्रीय सदस्य आचार्यले बताउनु भयो ।

यस अधिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको नौकुण्ड र उत्तरगया गाउँपालिका एवं नयाँ शक्ति विलयनभई कांग्रेसमा समाहित भएको आमाछोदिङ्मो गाउँपालिका क्षेत्रमा गरेका सडक लगायत समग्र विकासले समुन्नत रसुवा निर्माणको खाका देखाई सकेको कांग्रेसले दावी रहेको छ।


अघिल्लो निर्वाचनमा कांग्रेसले स्थानीय निर्वाचनमा विजय हासिल गरे लगत्तै नौकुण्ड गाउँपालिकामा निर्माण गरेको सडक मार्गबाट अहिले गाउँ टोलको बस्ति बस्तिमा मोटर गुढ्न थालेको र यार्सा क्षेत्रका स्थानीय बासिन्दालाई ठुलो राहत मिलेको बताइन्छ।

यस्तै आमाछोदिङ्मो गाउँपालिका अन्तरगत बहुन डाडादेखि हाकु , तिरू सम्मको अधिकांस स्थानमा मोटरबाटो निर्माणले भावी पुस्तालाई यातायातको पौचमा योगदान पु(याउने र सो सडक सम्पन्न गराई छिटृै कालो पत्रे गराउने समेत कांग्रेसले बताएको छ।

यस्तै नेपाली कांग्रेसको पहलबाट ग्रामिण सडक अन्तरगत ग्रे एवं जिबजिवेको ठाडो खोलामा एक एक वटा पक्की पुल यसै आवमा निर्माण गराउन टेण्डर प्रकृया अगाडि बढिसकेको र आगामी आवका लागि नौकुण्ड गाउँपालिका क्षेत्रमा चार वटा पक्की पुल निर्माणको कार्य योजना स्वीकृत गराई सकेको बताइएको छ।


यस्तै स्थानीय  तहको निर्वाचनमा उमेद्वारी तयारका लागि नेपाली कांग्रेस रसुवाले आजदेखि छलफल अगाडि बढाएको छ।
घरदैलो कार्यक्रम अन्तरगत कांग्रेसले बोलेका कुरा पूरा गराउन अह्रोरात्र खट्ने योग्य उमेद्वार चयनका लागि गृहकार्य अगाडि बढाइएको सो दलका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले बताउनु भयो ।

आगामी बैशाखमा सम्पन्न हुने निर्वाचनमा ३४ मतदान स्थलको ५१ केन्द्रबाट १८ हजार आठ सय ५६ महिला सहित कुल ३८ हजार पाँच सय ४५ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }