आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा थप ११ संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 379
    SHARES

२८ बैशाख, कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका एक–एक जनाको पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कास्कीको पोखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, पोखरा–१६ की ६० वर्षीया महिला, पोखरा–६ का ५२ वर्षीय पुरुष, पोखरा–२१ का ८० वर्षीय पुरुष, पोखरा–६ की ३२ वर्षीया महिला र पोखरा–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–१ का ४० वर्षीय पुरुषको मंगलबार बिहान पोखराको चरक अस्पतालमा र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको गएराति सवा १ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका–९ की ५२ वर्षीया महिला, स्याङ्जाको भीरकोट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१ की ५७ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }