आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुर्घटनामा एकै परिवारका तीनको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 295
    SHARES

चितवन ,१४ चैत्र। पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाईकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जगतपुराबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडीमा ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडि सवार दुईको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना आज भएको हो । उनीहरुको मृत्यु ६ः५५ बजे भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }