आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासङ्घमा उम्मेदवारी दर्ता


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 810
    SHARES
काठमाडौँ, १४ चैत्र।

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवालले उम्मेदवारी दर्ता गराउनु भएको छ भने लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकी र राम प्रसाद दहालले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । यस्तै, स्वतन्त्र रुपमा खुल्ला उपाध्यक्ष्मा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापा र सचिवमा नकुल अर्यालले  पनि उम्मेदवारी दिनुभएको छ ।

प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी

नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष रहनुभएका शर्माले उम्मेदवारी दिनुभएको हो ।

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिनुभएको छ ।

महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }