आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रेड युनियन कांग्रेसले हिरक जयन्तीलाई संगठन सुदृढीकरणको वर्ष बनाउने निर्णय


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 439
    SHARES

 काठमाडौ ,१४ चैत्र। नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय समितिको बैठकले आफ्नो हिरक जयन्तीलाई संगठन निर्माण तथा सुदृढीकरण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । चैत्र १२ र १३ गते काठमाडौमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईराला संस्थापक अध्यक्ष रहेको ट्रेड युनियन कांग्रेस गत फागुन २१ गते ७५ वर्ष पुगेको छ ।

बैठकले २०७८ साललाई संगठन विस्तार र सुदृढीकरणको वर्ष बनाउने निर्णय गरेका हो । केन्द्र , प्रदेश एवं आबद्ध संघहरुलाई थप सुदृढ गर्दै ७५३ वटै स्थानीय तहमा ट्रेड युनियनको संरचना विस्तार गर्ने निर्णय गर्नुकासाथै प्रदेश समितिलाई परिचालन र समन्वयकालागि उपहासचिवहरु र सहकोषाध्यक्षलाई फोकन पर्सन तोकिएको छ । जस अनुसार प्रदेश-१ ज्योति कोईराला ,२ सहकोषाध्यक्ष सुशीला घिमिरे, बागमती राधिका कुईकेल, गण्डकी ईश्वर बहादुर परियार, लुम्बिनी गणेश बहादुर केसि, कर्णाली राजेश पालिखे र सुदुरपश्चिम प्रदेशमा सिताराम अवस्थि रहेका छन् ।

यसैगरी ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन आगामी जेठ ३० र ३१ गते काठमाडौमा गर्ने निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवको संयोजकत्वमा मुल तयारी समिति र विधान संशोधन समिति गठन गरेको छ ।

यसैगरी उपाध्यक्ष तेजेन्द्रजंग कार्की संयोजक रहेको समितिले प्रस्तुत युवा र महिला समितिको संशोधित विनियमावलिलाई समेत सर्वसम्मत पारित गरेको छ । बैठकले श्रमिकका वर्तमान समस्या र मुद्दाहरुमाथि गम्भीर छलफल गरि अर्थपूर्ण निर्णय गरेका छन् । दुई दुई वर्षमा वृद्धि हुनुपर्ने न्युनतम पारिश्रमिक अझै नभएको र तत्काल ५० प्रतिशत वृद्धि गरि २०७७ श्रावण -१ गते देखि लागु गराउन दबाब दिने , सामाजिक सुरक्षा अनौपचारिक क्षेत्रमा लागु गराउन र औपचारिक क्षेत्रमा खाईपाई आएको सेवा सुविधा नघट्ने गरि लागु गराउन , श्रम ऎन-२०७४ को दफा – १४५ को गलत प्रयोग गरि श्रमिक निस्कासन कार्य बन्द नभए कडा आन्दोलन गर्ने निर्णय गरेको छ ।

बैठकले बन्द उद्योग र कोभिड-१९ का कारण बन्द उद्योग , प्रतिष्ठान , पार्लर ,सैलुन , होटेल,पर्यटन , क्यासिनो लगायत संचालन गर्नुपर्ने , कोभिडको दोस्रो लहरलाई ध्यानमा राखि श्रमिकहरुलाई निशुल्क खोप दिनुपर्ने, प्रभावित क्षेत्रलाई राहत प्याकेज ल्याउनुपर्ने ,स्थानीय तहमा श्रमिकको पंजिकरण गराउन दबाब अभियान थाल्ने , युवाहरूलाई स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने , वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित गराउन, आई.एल.ओ. अभिसन्धि-१९० पारित गराउन , महङ्गि नियन्त्रण एवं सुशासन कायम गराउन सरकारलाई दबाब दिने निर्णय गरेका छन् ।

बैठकले युनियनको विभिन्न प्राविधिक विज्ञ सल्लाहकारहरु समेत नियुक्त गरेका छन् । शिक्षामा मोहन ज्ञवालि, स्वास्थ्य- डा. मुक्ति श्रेष्ठ ,लैङ्गिक- लक्ष्मि रावल, औद्योगिक सम्बन्ध – विजय स्वार, श्रम तथा रोजगार – शिशिरकुमार झा, मिडिया-खगेन्द्र खत्री , सहकारी – चन्द्र ढकाल , मानवअधिकार तथा ट्रेड युनियन – सुवर्ण कर्माचार्य , शिक्षण तथा प्रशिक्षण – भोगेन्द्र झा, प्रकाशन- टंकमणि अधिकारी , सामाजिक संरक्षण – बैकुण्ठप्रसाद पौडेल यसैगरी लिगल सेलमा अधिवक्ता पर्शुराम घिमिरे, अधिवक्ता रन्जिता कार्कि र अधिवक्ता तारा लामिछानेलाई नियुक्त गरेको ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचारप्रसार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }