आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 435
    SHARES

काठमाडौँ, १४ चैत्र । दिवङ्गत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ ।

मस्तिष्कघातका कारण शुक्रबार राती ८.२४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन हुनुभएका नेता जोशीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरिरमा स्व जोशीका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिनुभएको थियो ।

अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उहाँको नीजी निवास याख्याटोल र काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा उहाँको पार्थिव शरिरलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

स्व जोशीको शवलाई श्रद्धाञ्जली दिन सभामुख अग्नीप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत काँग्रेस पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।
विस २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्व महामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्व उपमेयर, विस २०६४ र ०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी काँग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो ।

मस्तिष्कघात हुनुभन्दा पहिले स्व नेता जोशी आफ्नो निर्वाचन क्षेत्रको घरघरमा पुगेर कोरोनाको सामाग्री वितरण गर्दै आउनुभएको थियो । विस २०७३ सालमा उद्योगमन्त्री बन्नुभएका नेता जोशी नेपाली काँग्रेसको १२ औँ र १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बन्नुभएको थियो । स्व जोशीका श्रीमति र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }