आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 800
    SHARES

त्रिशूली, १४ चैत्र।
हिउँदको समय शुरु भएसँगै नुवाकोटका जङ्गल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका बाह्रवटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जङ्गल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उहाँका अनुसार जिल्लामा अहिले सामुदायिक वन ३७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन छन् । यसमध्ये अहिलेसम्म १०० भन्दाबढी सामुदायिक वनमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । हाल एक दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लागिरहेको र त्यो नियन्त्रण बाहिर छ ।

“अघिल्ला वर्षमा हिउदको समयमा वर्षात् हुने कारण आगलागी र डढेलोका घटना कमी हुने गरेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष हिउद्मा वर्षा नहुदाँ डढेलोको घटनामा निकै धेरै वृद्धि भएको छ ।”

हिउँद तथा सुख्खा मौसम भएका कारण डढेलोको जोखिम यस वर्ष झनै वृद्धि हुँदै जाने देखिएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ । आगलागी र डढेलेको घटनाको सूचना पाएलगत्तै नियन्त्रणका लागि सुरक्षाकर्मी, उपभोक्ता र सामाजिक सङ्घसँस्थासँग सहकार्य गरेर परिचालन हुँदै आएको छ ।

जङ्गल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफैँ सचेत हुनुपर्ने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको भनाइ छ । पछिल्लो दिनको दैनिक नै आगलागी र डढेलो नियन्त्रण र यसविरुद्धको सचेतनामा बित्दै आएको उहाँले बताउनुभयो ।

कहीँकतै आगो लागेको देखेमा अग्निरेखा बनाई निभाउने प्रयास गर्न तथा वडा, पालिका, वन कार्यालय, सुरक्षाकर्मीलगायतका निकायमा खबर गर्न उपभोक्तालाई अपिल गर्ने गरेको उहाँले बताउनुभयो ।

धुमपानपश्चात् आगोको ठुटो जथाभावी नफाल्न, राम्रो घाँस पलाउनेलगायतका स्वार्थ राखेर जङ्गल क्षेत्रमा आगलागी हुन नदिन सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न वन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }