आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महासङ्घको बैंक तथा वित्तीय समिति विस्तार


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 468
    SHARES

काठमाडौं,२७ माघ। नेपाल उद्योग वाणिज्य महासङ्घले शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार गरेको छ । समितिका सहसभापतिहरूमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता हुनुहुन्छ ।

कार्यकारिणी समितिमा शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवाष झुनझुनवाला, महासङ्घको कार्यकारिणी समितिका पूर्वसदस्यहरू सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाईं र व्यवसायी प्रकाश तिवारी हुनुहुन्छ । त्यसैगरी समितिको आमन्त्रितमा महासङ्घको कार्यकारिणी समितिका सदस्यहरू विजयसिंह वैध, सन्दिपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासङ्घको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण हुनुहुन्छ ।

समिति विस्तार कार्यक्रममा महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बीमा समिति महासङ्घको अत्यन्त महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताउनुभयो । उहाँले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने छ भन्नुभयो ।

अध्यक्ष गोल्छाले महासङ्घले छिट्टै नै बैंकिङ, कर राजश्व, श्रमलगायतका समस्यालाई सम्वोधन गर्न महासङ्घभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच विगतमा तनावको अवस्था आउने गरेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताउनुभयो । महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र सङ्घईले साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई अध्ययन गरी समितिले सुझाव तयार गनु पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }