आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वैदेशिक लगानी भित्र्याउन अब राष्ट्र बैंकको स्वीकृति नचाहिने


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 414
    SHARES

काठमाडौ,२७ माघ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने भएको छ । नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि विदेशबाट लगानी ल्याउन चाहाने लगानीकर्ताले विदेशी मुद्रा ल्याउन अब राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ ।

विदेशी लगानी ल्याउन विभिन्न निकायको स्वीकृति लिन समय लाग्ने गुनासो लगानीकर्ताबाट आएपछि राष्ट्र बैंकले सहजीकरण गर्न लागेको हो ।

विदेशी लगानीलाई सहजीकरण गर्न स्वीकृति लिनु नपर्ने व्यवस्था गर्न लागेको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनु भयो।

लगानी स्वीकृतिको व्यवस्था हटाउन केन्द्रीय बैंकले सबैसंग सुझाव संकलन गरिरहेको छ । सुझाव लिएपछि केन्द्रीय बैंकले केही दिनभित्र सर्कुलर जारी गरी स्वीकृति लिनु नपर्ने व्यवस्था गर्न लागेको उहाले बताउनु भयो ।

कुनै कम्पनीले विदेशी मुद्रामा लगानी ल्याउनुपर्दा राष्ट्र बैंक, उद्योग विभाग र लगानी बोर्डको स्वीकृति लिनुपर्ने व्यवस्था रहेकोमा नीति कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकको स्वीकृति आवश्यक नपर्ने कार्यकारी निर्देशक मिश्रले जानकारी दिनु भयो

स्वीकृति लिनु नपरे पनि लगानीकर्ताले राष्ट्र बैंकलाई जानकारी भने गराउनुपर्नेछ । उनका अनुसार लगानी बोर्ड र उद्योग विभागबाट स्वीकृत पाएका कम्पनीहरुले वैदेशिक लगानी भित्र्याउन पाउनेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }