आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नाटक होकि नौटन्की हो’ भन्ने म्युजिक भिडियो सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २३, २०७७
  • 1.1K
    SHARES

काठमाडौं ,२३ माघ। नेपालमा दुई समुहबीच राजनीतिक द्वन्द भएको स्थितिमा प्रयोग भएका दुई शब्द नाटक्कै हो र नौटङ्की नै हो भन्ने भिडियो चर्चामा आइरहेको अबस्थामा ‘नाटक होकि नौटन्की हो’ भन्ने म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीत समयसामयिक अवस्थाको बारेमा व्यंग्यात्मक तरिकाले प्रस्तुत गरिएको हो ।

प्रदिप पोख्रेलको शब्दमा रहेको गीतले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानलाई प्रयोग गरि प्रधानमन्त्री ओली र प्रचण्ड बिचको द्वन्दले देशमा शान्ति नभई अशान्ति फैल्याउने प्रष्ट पारेको छ । उनले गीत मार्फत ‘सचेत नागरिक बनौ’ भन्ने सन्देश दिएका छन् ।

पोख्रेलको शब्द रहेको गीतको लय र सम्पादन महेश बिक्रम पाण्डेले गरेका छन् । गायक अर्जुन सापकोटा, महेश बिक्रम पान्डे, नर्बदा लकन्तरी र रिता थापाको स्वर रहेको उक्त गीत चर्चामा आएको छ । यस गीतको भिडियोमा अर्जुन सापकोटा, नर्बदा लकन्तरी,  रिता थापाको अभिनय रहेको छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाई दुर्गा श्रेष्ठले  कैद गरेका छ्न् । सो गितको पुनम अडियो भिडियोले बजार ब्यास्थापन गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }