आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ आयोजना हुँदै


  • माउन्टेन खबर
  • आइतवार, माघ १८, २०७७
  • 524
    SHARES

१८ माघ, काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ ।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र दुई समूहमा बाँडिएर आयोजना हुने क्रिकेट खेलमा एक समूह धुर्मुस र अर्काे सुन्तलीले नेतृत्व गर्नेछन् ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतको समेत सहभागिता रहने छ । २४ माघमा अयोजना हुने खेलबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }