आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ब्रोडब्याण्ड इन्टरनेट सेवा

भुकम्प प्रभावित क्षेत्रका इन्टरनेट प्रयोगकर्ताले अब सेवा उपयोग गर्न शुल्क तिर्नु पर्ने

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अनुदानमा सेवा उपभोग गर्दै आएका सेवाग्राहीहरुले अब भने शुल्क तिरेर मात्र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्न पाउने


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २७, २०७७
  • 669
    SHARES

काठमाडौं।  अब भुकम्प प्रभावित क्षेत्रका इन्टरनेट सेवाका ग्राहकहरुले शुल्क तिरेर मात्र सेवा लिन पाउने भएका छन् ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणको अनुदानमा सेवा उपभोग गर्दै आएका सेवाग्राहीहरुले अब भने शुल्क तिरेर मात्र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका हुन् ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर भुकम्प प्रभावित जिल्लाका बासिन्दाहरुलाई २ वर्षसम्म निशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको थियो । तर अब सो सेवा सशुल्क मात्र प्रयोग गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले हालै सार्वजनिक सूचना जारी गर्दै सेवा प्रदायकहरुबाट स्वीकृत महशुल दरअनुसार अब उप्रान्त सम्बन्धित निकायहरुले सेवा उपयोग गर्न भनेको हो ।

प्राधिकरणकाअनुसार भुकम्प प्रभावित ११ जिल्लाका स्थानिय र सरकारी निकायहरुले अब इन्टरनेट सेवाको शुल्क तिरेर मात्र सेवा लिनसक्नेछन् ।

यस्तो जिल्लाहरुमा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली रहेको छ भने सो जिल्लाका ईन्टरनेट सेवा नपुगेका स्थानिय निकायहरु (नगरपालिका र गाँउपालिका र वडा कार्यालय), सामूदायिक स्वास्थ्य संस्थाहरु तथा सामूदायिक माध्यामिक बिद्यालयहरुले सेवा प्रदायकहरुलाई सेवा शुल्क तिर्नुपर्नेछ ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर ती जिल्लाहरुमा ५१२ एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।

ती जिल्लाहरुमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र मर्कन्टायल कम्युनिकेशन्स प्रालिले सरकारी अनुदान रकममा सेवा दिँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }